headline 1आर्थिकगण्डकी

फेदीखोलाका विद्यार्थीले संकलन गरे ७५० के.जी प्लाष्टिकजन्य फोहोर

गोविन्द खनाल
स्याङ्जा, २३ जेठ
घर तथा विद्यालयलाई प्लाष्टिक मुक्त बनाउन स्याङ्जाको फेदीखोला गाउँपालिकाले सामुदायिक विद्यालयका विद्यार्थी मार्फत पलाष्टिकजन्य फाहोर संकलन गर्ने अभियान सुरु गरेको छ । विद्यार्थीद्धारा संकलित प्लाष्टिकजन्य फोहोर मैला व्यवस्थापन कार्यविधि २०८० निर्माण गरेर फोहोर संकलन अभियान संचालन गरिएको गाउँपालिकाले जनाएको छ । यसरी विद्यार्थीले संकलन गरेको फोहोर विद्यालयमा ल्याएपछि प्रति केजी १० रुपैँया प्रोत्सहान स्वरुप गाउँपालिकाले प्रदान गर्नेछ ।
विश्व वातावरण दिवसको अवसरमा यहाँका २१ सामुदायिक विद्यालय मध्ये १० विद्यालयका विद्यार्थीले ७५० किलो फाहोर संकलन गरेर विद्यालयमा बुझाएका छन् । । यसको नियमन गर्न प्रत्येक विद्यालयमा ५ सदस्यीय विद्यालय स्तरीय फाहोर मैला व्यवस्थापन समन्वय समिति गठन गरिएको गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले बताउनुभयो ।
पालिकालाई प्लाष्टिकजन्य फोहोर मुक्त बनाउन विद्यालयबाट अभियान सुरु गरिएको बताउँदै सुवेदीले भन्नुभयो ,‘पालिकाले प्रशोधन केन्द्र पोखरा सम्म ढुवानीको व्यवस्थापन गर्नेछ भने प्रति के.जी १० रुपैँया प्रोत्सहान स्वरुपको रकम विद्यार्थीको खातामा संकलन हुनेछ । ’
विद्यार्थीहरुले पुरस्कार स्वस्प पाउने रकम वचत गर्न सामुदायिक विद्यालयमा अध्यायनरत सवै विद्यार्थीको निशुल्क बैँक खाता पालिकाले खोलिदिएको छ ।

यो कार्यक्रम निकै प्रशंसनिय रहेको र विद्यार्थीको समेत फोहोर न्युनिकरण अभियानमा आकर्षण रहेको सिद्धार्थ माविका प्रअ लक्ष्मण शर्माले जानकारी दिनुभयो । सिद्धार्थ माध्यमिक विद्यालयमा मात्र १५२ के.जी फोहोर संकलन गरिएको शर्माले बताउनुभयो ।
पालिकाभित्र सवैभन्दा बढि मैदान मावीमा प्लाष्टिक जन्य फाहोर संकलन भएको छ । यहाँ ३८४ किलोग्राम फाहोर संकलन भएको फेदीखोला गाउँपालिकाका शिक्षा तथा खेलकुद शाखा प्रमुख रामचन्द्र गुरुङले बताउनुभयो ।
यो कार्यक्रम लागू भएसँगै यहाँका विद्यार्थीले आफ्नो घरबाट निस्किने प्लाष्टिकजन्य फाहोर गाउँपालिकाले उपलब्ध गराएको बोरामा संकलन गरेका छन् । यसो गर्दा अभिभावक र समुदायमा पनि चेतनाको विकास हुने पालिकाको लक्ष्य रहेको छ ।

Show More
Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.