नेकपा एमाले वालिङ नगर कमिटीले अर्धवार्षिक समिक्षा तथा प्रशिक्षण कार्यक्रम पर्यटकीय स्थल गह्रौंसुरमा सम्पन्न गरेको छ । नेकपा एमाले वालिङ नगरकमिटीले आयोजना गरेको अर्धवार्षिक समिक्षा तथा प्रशिक्षण कार्यक्रम देशकै प्रशिद्ध धार्मिक एवम् पर्यटकीय स्थल गह्रौंसुरमा सम्पन्न गरेको हो । कार्यक्रममा बोल्दै नेकपा एमाले नगर कमिटि अध्यक्ष शोभाकान्त पौडेलले नेकपा एमाले वालिङ नगर कमिटिले तयार पारेको बार्षिक कार्य पात्रो अनुसार प्रत्यक छ ,छ महिनामा समिक्षा कार्यक्रमको तय गरेकोले धार्मिक एवम् पर्यटकीय स्थल गह्रौंसुरको प्रचार प्रसार गर्ने हेतुले गह्रौंसुरमा अर्धवार्षिक समिक्षा कार्यक्रम राखेको अध्यक्ष पौडेलको भनाई थियो । समिक्षा कार्यक्रमा पौडेलले आफु वालिङ नगर कमिटिको अध्यक्ष पदमा निर्वाचित भए पछि छ महिनामा वालिङ नगर कमिटिले गरेका सामाजिक कार्यहरु पनि प्रस्तुत गर्नु भएको थियो । पार्टीमा संगठीत सदस्य बृद्धी गर्नको निम्ति वालिङ नगर कमिटिले विभिन्न रचनात्मक कार्यहरु गर्दे आईरहेता पनि प्रयाप्त नरहेकोले आगामी दिनमा नेकपा एमालेलाई वालिङ नगरमा थप बलियो बनाउन पार्टी सदस्यता विस्तार, पार्टी जीवन सुदृढिकरण, जनतासँग जनसँगठन अभियान, कार्यकर्ता प्रशिक्षण, साइवर हमलाको प्रतिवाद, युवा नेतृत्व विकास एवम् राजनीतिक शक्ति सन्तुलन जस्ता महत्वपुर्ण कार्यलाई आत्मसाथ गर्दे अगाडी बढ्जे योजनामा रहेको समेत पौडेलको भनाई थियो ।अर्धवार्षिक समिक्षा कार्यक्रममा नेकपा एमाले स्थायी कमिटी सदस्य खगराज अधिकारीले प्रशिक्षण दिनुभएको थियो ।