जिल्ला प्रशासन कार्यालय स्याङ्जाले पसलपिच्छे फरक दररेट फरक पारी विक्रि वितरण गरेपछि कार्यालयको ध्यानाकर्षण भएको जानकारी दिएको छ । व्यापारीहरुले एउटै वस्तुमा फरक फरक मुल्य लिने गरेपछी जिल्ला प्रशासन कार्यालयले जिल्ला भित्रका व्यपारीहरुलाई एउटै मुल्य गराउनु भन्दै ध्यानाकर्षण गरेको हो । आम उपभोग्य बस्तुमा जिल्ला भित्र फरक फरक दररेट भएपछि शुक्रवार जिल्ला प्रशासन कार्यालय स्याङ्जामा प्रमुख जिल्ला अधिकारी सुनिता नेपालको अध्यक्षतामा जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख शालिकराम शर्मा, फोटोग्राफर व्यवसायी, लेखापढी व्यवसायी, अनलाईन तथा साईवर व्यवसायी, उपभोक्ता अधिकार मंच र नेपाल पत्रकार महासंघ सहितको संयुक्त वैठक बसी जिल्ला भित्र एउटै दर रेट कायम गर्ने भन्ने भन्ने विषयमा सहमतिका साथ बैठक सम्पन्न भएको थियो । जिल्ला प्रशासन कार्यालयले आगामी फागुनको महिनालाई अनुगमनको महिना बनाउने कार्ययोजना साथ अगाडी बढ्ने योजना बनाएको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालको भनाई थियो । बैठकमा केही दिन अघि जिल्ला सदरमुकाम स्याङ्जामा फोटो प्रिन्ट गर्दा व्यवसायीले महङ्गो रेटमा विक्रि गर्न खोज्ने व्यपारी र उपभोता विच भएको विवादको विषयलाई कार्यालयमै बोलाई सोधपुछ समेत गर्नु भएको थियो । फोटो व्यवसायीको पसलमा पसलमा दररेट नराखेको देखिएपछि जिल्ला प्रशासन कार्यालयले प्रमुख नेपालले दररेट नटाँस्ने र पेश नगर्ने व्यवसायीलाई तिन दिन भित्र दररेट पेश गर्न निर्देशन समेत दिनुभएको थियो ।
वैठकमा जिल्लाका बजारमा व्यवसायीहरुले सेवाग्राही संग लिने मूल्यमा एकरुपता ल्याउने र कारोवारको दर्ता नगरी सन्चालनमा रहेका व्यवसायीहरुलाई १० दिन भित्र दर्ता गर्न समय सिमा समेत तोकिएको छ । भने जिल्लाका भित्रि सडकमा सन्चालन हुने सवारी साधनमा समेत अनिवार्य भाडादरको सूचि टाँस गर्ने विषयमा निर्णय भएको थियो ।
वैठक पछि प्रमुख जिल्ला अधिकारी नेपालले यसपछि लगत्तै बजार अनुगमनलाई तिव्रता दिने समेत जानकारी दिएकी छन् । बजारमा वस्तुको मुल्य सूचि र व्यवसाय दर्ताको प्रमाणपत्र अग्रभागमा सबै ग्राहकले देखिनेगरी टाँस्न सबै व्यवसायीलाई आग्रह गरेकी छन् ।
