अर्थजीवनशैलीप्रदेश २प्रबिधि

शेयर बजारः नेप्सेमा झिनो वृद्धि

काठमाडौं, असार २५ः धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४.५७ विन्दुले बढेर एक हजार ३३१.१० मा पुगेको छ ।

यस्तै सेन्सेटिभ परिसूचक ०.४७ ले वृद्धि भई २८०.४१ मा पुगेको छ । कूल १७८ कम्पनीको २२ लाख २६ हजार २०३ कित्ता शेयर रु ९० करोड ८० लाख ८६ हजार १९७ मा कारोबार भएको छ ।

कारोबार भएका कूल १२ उपसमूहमध्ये आज व्यापार र बैंकिङ उपसमूहको शेयर ओरालो लागेको छ । त्यसमा बैंकिङ ०.३७ र व्यापार १८.५४ ले घटेका छन् । यस्तै होटल १२.१८, विकास बैंक ५.२४, जलविद्युत् ४.८२, वित्त ४.८३, निर्जीवन बीमा ३९.५१, उत्पादन ३५.३, अन्य ६.८७, लघुवित्त ९.६१, जीवन बीमा ६८.३३ र सामूहिक लगानी कोष ०.२८ ले बढेको छ ।

स्टकका अनुसार कारोबारका आधारमा नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु १५ करोड १८ लाख ४५ हजार ८३० बराबरको कारोबार भएको छ । त्यस्तै, ग्लोबल आईएमई समुन्नत स्किम एक ३.८५, नेशनल हाइड्रो पावर ३.७०, रिडी हाइड्रोपावर ३.४९, सबैको लघुवित्त ३.४२, गुराँस लघुवित्त २.५८, कालिका मर्चेन्ट डेभलपमेन्ट बैंक २.५० र साल्ट ट्रेडिङ्ग कम्पनीका लगानीकर्ताले २.१४ प्रतिशतले गुमाए ।- (रासस)

Show More
Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.