headline 2देशराजनीति

रेणुको योजना : भरतपुरकी छोरीलाई निशुल्क बीमा

मेयरको जिम्मेवारी सम्हालेकी दहालले भरतपुरभित्र जन्मिने छोरीको निशुल्क बीमा गर्ने निर्णय गरेकी छन् ।

सुदीप सुवेदी
भरतपुर , जेठ ११
नवनिर्वाचित भरतपुर महानगरपालिकाका मेयर रेणु दहालले महत्वपूर्ण निर्णय गरेकी छन् । बुधबार पदभार कार्यक्रममा मेयरको जिम्मेवारी सम्हालेकी दहालले भरतपुरभित्र जन्मिने छोरीको निशुल्क बीमा गर्ने निर्णय गरेकी छन् । आउँदो नगरसभाबाट पास हुने गरी उक्त निर्णय गरिएको हो । १५ वर्षको अवधीको एक लाख बराबारको जिवन बीमा प्रत्येक छोरीले प्राप्त गर्नेछन् ।
यस्तै , खानेपानीको न्युनतम महसुलमा उपभोक्ताले छुट पाउने छन् । विपन्न वर्गको समुदायलाई लक्षित गर्दै मासीक ७ हजार लिटर सम्म प्रयोग गर्ने घरधुरीको महसुल महानगरपालिकाले तिर्नेछ ।
न्युनतम ७ हजार लिटर सम्मको खानेपानीको महसुल उपभोक्तालाई निशुल्क गरिएको छ । स्वच्छ खानेपानीको समस्या भएका क्षेत्र पहिचान गरेर समाधान गर्ने योजना पनि रहेको छ । भरतपुरको चौकी डाँडादेखि गोलाघाट सम्म खानेपानीको पहुँच २ वर्ष भित्र मेयर रेणु दहालले बताईन् ।
यो कार्यक्रम दुर्गामी र ऐतिहाससक भएको दहालको भनाई छ ।

 

 

Show More
Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.