भन्छिन् , ‘नेपाल मलाई मेरो घरजस्तै लाग्छ’
सुशील सुवेदी
स्याङ्जा चैत १९
नेपाली कामदारले रुचाएको र हजारौँ नेपालीहरुले रोजगारको थलो बनाएको देश हो कतार । कतारमा नेपाली गएपनी कतारीहरु नेपाल आउँदा त्यत्ती चर्चा हुँदैन । तर , पछिल्लो समय निकै चर्चाको विषय बनेको छ , कतारकी राजकुमारी आस्मा अल्थानीको को नेपाल यात्रा ।
पर्वतारोहणमा रुची भएकी अल्थानी अन्नपूर्ण प्रथम हिमाल आरोहण गरेर स्याङ्जा आईन । उनले हिमाल आरोहण मात्र गरिनन् स्याङ्जाको आकाशमा प्याराग्लाइडिङ तालिम समेत सम्पन्न गर्दै सफल उडान गरेकी छन् । स्याङ्जाको भिरकोट ५— स्वरेक मैदानमा बाबु एड्भेन्चरले संचालन गरेको बाबु एडभेन्चर इन्टरनेशनल प्याराग्लाइडिङ स्कुलमा ५ दिने आधारभूत तालिम लिएको स्कुलका संचालक सानोबाबु सुनुवारले बताए ।
नेपालको भूमी सांस्कृतीक हिसाबले मात्र नभई सहासीक खेलको लागी पनी निकै आनन्ददायी भएको अल्थानीले बताईन् । पर्वतारोही निर्मल पूर्जा सँग आएकी अल्थानीले पर्वतारोहणमा पूर्जा सँग र प्याराग्लाईडिङमा सानो बाबुसँग अविस्मरणीय क्षण रहेको उनको भनाई थियो । नेपाल एकपटक घुम्नै पर्ने देश भएको बताउँदै अल्थानीले भनिन् , ‘नेपालको हावापानी र सहासीक खेल निकै आनन्ददायी छ , त्यसैले यहाँ विश्वका जोकोहीले पनी नेपालका मज्जा लिन सक्छन् ।’
अल्थानी यस अघि पनि नेपाल आएर पर्वतारोहण गरेको स्मरण गर्दै भनिन् ,‘नेपाल मेरो घर जस्तै लाग्छ ।’
भिडियो Click Here
८ हजार मिटर अग्लो विश्वका १४ हिमाल आरोहण गरेका निर्मल पूर्जाले राज्यले ध्यान पुर्याउन सके नेपालमा सहासीक खेलको निकै सम्भावना रहेको बताए ।
स्याङ्जामा देश बिदेशका उच्च घराना देखी सहासीक खेलमा रुची राख्ने पर्यटकको आकर्षण त बढ्दो छ ।
तर, प्याराग्लाईडिङ स्कुल सम्म पुग्ने सडकको स्त्तरोन्नती हुन नसक्दा यहाँ आउने पर्यटक निराश बन्ने गरेका छन् । निजी क्षेत्रबाट पर्यटन प्रबद्र्धनमा गरिएको प्रयासलाई राज्यले पनी माथि उकास्नुपर्ने पर्यटन व्यवसायीको माग छ ।