समुदाय स्तरमा गई स्वाव संकलन सुरु

 

सुमन कार्की

पाल्पा,२८  साउन

पाल्पा जिल्लामा कोरोना संक्रमणको संभावना रोकथामको लागि १० स्थानियतह मध्ये तिनाउ गाउँपालिकाले संक्रमण सम्भावित समुदाय स्तरको चोक चोकमा तथा बजार क्षेत्रमा पुगी स्वाव संकलन गरि परिक्षणको लागि ल्यावमा पठाएको छ । तिनाउ वडा न ६ डुम्रे दुग्ध उत्पादन सहकारीका कर्मचारीहरू, वडा न ५ का चरचरे,जोरधारा र केराबारीका स्थानिय तथा व्यापारी गरि ३० जनाको स्वाव लिइ परिक्षणको लागि पठाइएको र अन्य स्थानबाट समेत स्वाव संकलन गरि परिक्षणको लागि पठाउने तयारीमा रहेको स्वास्थ शाखा इन्चार्ज कृष्ण कार्र्कीले बताउनु भयो । स्वाव संकलन नर्सिङ ईन्चार्ज रिता थापा र ल्याव असिस्टेन्ट बुद्वि गाहाले गर्नु भएको थियो । तिनाउ गाउँपालिकाले यश अघि संभावित जोखिममा काम गरेका स्वास्थकर्मी,प्रहरी,कर्मचारी, जनप्रतिनिधि तथा क्वारेन्टाइनमा बसेका सबैको स्वाव परिक्षण गरिसकेको र भारतबाट आएका ८ जनालाई कोरोना संक्रमण देखिएको साथै उनिहरूलाई तानसेनमा स्थापना गरिएको आइसोलेसन अस्पतालमा १५ दिन सम्म राखी लक्षण नदेखिएकोले घर पठाइएको गाउँपालिका अध्यक्ष ओम बहादुर घर्ती मगरले बताउनु भयो । गाउँपालिकाले गरेको यो सराहनिय कामको प्रशंशा स्थानिय तथा व्यापारीहरुले खुलेर गरेका छन् । तिनाउँपालिकाले मात्र नभई यस्तो कार्य सिघ्र्र सवै स्थानिय तहहरुले गर्नु पर्ने स्थानिय व्यापारीहरुको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.