मे.दृ संवाददाता
स्याङ्जा , २८ भदौ ।
सिउँडी प्रजातिको नौलो फल ड्रयागन फ्रुट नेपालमा पनि लोकप्रिय हुन थालेको छ । दक्षिण अमेरिकाको मेक्सिको बाट उत्पत्ति भएको यो फललाइ स्यङ्जाको कालीगण्डकी गाउँपालिकाले स्रोत बगँैचाको रुपमा विकास गर्न सुरु गरेको छ ।
पालिकाको पहिचान नै यस फलबाट बनाउने उदेद्दयले स्रोत बँगैचा स्थापना गर्दै प्रत्येक किसानलाइ विरुवा वितरण गर्न बगँैचाको निर्माण गरिएको हो । यस बगैँचाबाट आगामी वर्ष दश हजार विरुवा उत्पादन हुने र कृषकलाइ वितरण गरिने गाउँपालिका अध्यक्ष खिम ब थापाले बताए ।
बाँदर समस्यामा रहेका किसानलाइ पनि यो खेती फलदायी हुने बताउँदै थापा भन्छन् , ‘नयाँ फलको बजार मुल्य , अत्याधीक माग र हाम्रो भूगोलमा सम्भावना देख्यौँ र पालिकाको पहिचान ड्रयागन फ्रुट बनाउने गरि अभियान सुरु गरेका छौँ । ’
माटो परीक्षण गरे पश्चात् यस श्रेत्रमा ड्रयागन फलफुलको सम्भावना देखेपछि पालिकाले मुख्य खेती ड्रयागन फलफुल बनाउन अभियान सुरु गरेको हो । यस खेतीबाट राम्रो आम्दानी हुने भएपछि यहाँका कृषक उत्साहित भएको गाउँपालिका उपाध्यक्ष साबित्रा कोइरालाले बताइन् ।
सङ्घीय सरकार अन्तर्गत भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयको ४० लाख र स्थानीय तहको १० लाखको लागतमा स्रोत बगँैचा निर्माण गरिएको हो । पालिकाले २४ रोपनी जग्गा १५ वर्षको लागि भाडामा लिएर बगँैचा निर्माण गरेको हो । कृषकले वार्षीक २००० देखि २२०० रुपैँया प्रति रोपनी भाडामा दिएका छन् । यो खेतीलाइ पहिलो चरणमा वडा नं ५ मा परिक्षण गरिएको थियो ।
नौलो फलफुल ड्रयागन फ्रुटलाइ कालिगण्डकी गाउँपालिकाले महत्वपुर्ण नगदे बाली बनाउने भएपछि बाँदर आतङ्कले पीडित कृषकलाइ पनि केही राहत मिल्ने विश्वास लिइएको छ ।