पर्खीबसे फर्की आउछु, रुन्छेउ किन तिमी
छुट्ने बेला आसुले मुख, धुन्छेउ किन तिमी
प्रदेशी हुदैछु म, रहर होइन बाध्यता ले
ब्यार्थै नानाथरी पिर, बुन्छे किन तिमी
नुनतेल ओतको जोहो हुन्न नगई प्रदेश
आसु झार्दै बिदाई माला, उन्छेउ किन तिमि
तिम्रै खुसी, तिम्रै हासो पासिनाले कमाएर
आउछु फर्की बैरी कुरा, सुन्छेउ किन तिमी ।
सिता पाठक
धादिङ