headline 1खेलगण्डकी

वैशाख १७ गते देखि १९ सम्म गते हरिनासमा सातौँ अध्यक्ष कप हुने

मेरो दृष्टि सम्बादाता बैसाख ५,स्याङ्जा ।

स्याङ्जाको हरिनास गाउँपालिकामा सातौँ अध्यक्ष कप २०८२ को सुभारम्भ हुने भएको छ । नयाँ बर्षको सुभारम्भ सहित पालिकाले यही आउँदो वैशाख १७ गते देखि १९ गते सम्म अध्यक्ष कप सञ्चालनको तयारी गरेको हरिनास गाँउपालिकाका अध्यक्ष खिम नारायण मानन्धरको भनाई छ । अध्यक्ष मानन्धरको अनुसार अध्यक्ष कप रोदिखोला स्थित रोदिखोला खेल मैदानमा सञ्चालन हनेछ । । अध्यक्ष मानन्धरका अनुसार अध्यक्ष कप प्रतियोगितामा स्थानीय महिला दिदि बहिनीहरुको आकर्षक नृत्य हरु समेत प्रस्तुत गरिनेछ । प्रतियोगितामा पुरुष भलिबल तर्फ प्रथम स्थान हासिल गर्नेलाई जनहि रु ४० हजार, दोस्रो हुनेलाई ३० हजार र तेस्रो हुनेलाई २० हजार रुपैयाँ प्रदान गरिने अध्यक्षको भनाई छ । उता महिला र भट्रान्सतर्फको खेलमा प्रथम स्थान हासिल गर्नेलाई जनहि रु ३० हजार, दोस्रो हुनेलाई २० हजार र तेस्रो हुनेलाई १० रुपैयाँ नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । खेलमा उपस्थित सबै सहभागी टिमलाई सम्मान स्वरुप १० हजार रुपैयाँ उपलब्ध गराउने समेत अध्यक्ष मानन्धरको भनाई छ ।

Show More
Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.