मेरो दृष्टि संवाददाता
स्याङजा , साउन ८
स्याङ्जामा एक पुरुषले घाँस काट्ने आँसिले आफ्नो अण्डकोष काटेका छन् । पुतलीबजार नगरपालिका वडा नं २ काभ्रेका ४५ बर्षीय पुरुषले बुधबार साँझे आफ्नो २ वटै अण्डकोष चँुडालेको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ ।
मानसिक सन्तुलन ठिक नभएका पुरुषको अण्डकोष चुडिएको अवश्थामा भेटिएछि जिल्ला अस्पताल स्याङजाको उपचार पछि थप उपचारको लागि गण्डकी हस्पिटल पोखरा रिफर गरिएको प्रहरीले जनाएको छ ।