headline 1बागमतीराजनीति

नेपाल उद्योग वाणिज्य महासंघ निर्वाचनःचन्द्र ढकालले आफ्नो प्यानल घोषणा गर्दै जितको दाबी

असार ३० । देशभरका उद्योगी व्यवसायीलाई कोरोनाको संकटकै समयमा पनि चुनावको चटारोले छोपेको छ ।

निजी क्षेत्रका व्यवसायीहरुको छाता संगठन उद्योग बाणिज्य महासंघको नेतृत्वमा पुग्न दुई पक्ष प्यानल नै बनाएर उत्रिएका छन् ।

यसैक्रममा मंगलबार वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्र ढकालले आफ्नो प्यानल घोषणा गर्दै जितको दाबी गर्नुभयो । उहाँले उद्योगी व्यवसायीको समस्या समाधान गर्ने समूह आफूसँग भएकाले जित सुनिश्चित भएको दावी गर्नुभएको हो ।

आफ्नो प्यानल घोषणा गर्दै ढकालले वर्तमान वरिष्ठ उपाध्यक्ष एवं आसन्न अध्यक्ष शेखर गोल्छाको भूमिकाप्रति भने आपत्ति जनाउनुभयो ।

वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने भएकाले प्राविधिक रुपमा घोषणा हुन मात्र बाँकी रहेका गोल्छा आफ्ना प्रतिष्पर्धी किशोर प्रधानका पक्षमा लागेको भन्दै उहाँले आपत्ति जनाउनुभएको हो ।

गोल्छालाई आफूले गरेको सहयोग नभुल्न चेतावनी दिँदै वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था कायम राख्न साथ नदिएको भए परिस्थिति के हुन्थ्यो भन्दै प्रश्न गर्नुभयो ।

ढकालले आफ्नो नेतृत्वको प्यानलै विजयी हुने भन्दै जितपछि गोल्छालाई सघाउन तयार रहेको पनि प्रष्ट गर्नुभयो ।

हालका दुई उपाध्यक्ष ढकाल र प्रधान दुबै जना आ–आफ्ना प्यानलसहित मैदानमा उत्रिनुभए पछि महासंघको निर्वाचन निकै रोचक हुने भएको छ ।

ढकाल समूहबाट जिल्लारनगर उपाध्यक्षमा गुणनिधि तिवारी, वस्तुगत उपाध्यक्षमा वर्तमान उपाध्यक्ष उमेशलाल श्रेष्ठ, एशोसिएट उपाध्यक्षमा रामचन्द्र संघाई उम्मेदवार बन्नुभएको छ ।

महासंघको चुनावी अधिवेशन आगामी साउन २६ र २७ गते हुँदैछ । प्रधान समूहको उम्मेदवारी भने घोषणा भैसकेको छैन ।

Show More
Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.